आज नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै
४ साउन, काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज ९सोमबार० बस्दै छ ।
बैठक बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।
आइतबार मात्रै मात्रै पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वासको मत दिएका थिए । त्यसैले आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।
एमाले स्थायी कमिटिको बैठकले आइतबार देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले नरहने निर्णय गरेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE