Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

माल्ढुंगामा भएको बस दुर्घटनाप्रति मुख्यमन्त्री गुरुङद्धारा दुःख व्यक्त

बागलुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार पर्वतको माल्ढुंगामा भएको सावरी दुर्घट प्रति दुःख व्यक्त गर्नु भएको छ । म्याग्दीको बेनीबजारबाट नारायणगड जदै गरेको ग १ ख ६१०८७ नम्बरको बस दुर्घटना हुँदा  ७ जनाको मृत्यु भएको थियो । मृतक प्रति गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

मुख्यमन्त्री गुरुङले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै  मृतकका परिवारजनमा समवेदना प्रकट गर्नु भयो । उहाँले उद्धार कार्यमा खटिने सबैलाई धन्यवादसमेत दिनु भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ, भने ३० जना घाइते छन् । घाइतेहरुको, बागलुङ, पोखरा र काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE