Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

मुख्यमन्त्री राई बलियो भएपछि बोलाइयो प्रदेशसभा बैठक

१५ चैत्र
काठमाडौं
– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा आफू बलियो भएपछि बैठक बोलाएका छन्।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि एमाले र माओवादी ब्युँतिदा माधवकुमार नेपालपक्षले समेत सहयोग गर्ने भएका कारण मुख्यमन्त्री राईले बैठक बोलाएका हुन्।

प्रदेशसभा बैठक चैत २३ गते दिउँसो १ बजेका लागि बोलाएको सूचना टाँस गरिएको छ। यसअघि मुख्यमन्त्री राईविरुद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालपक्षले अविश्वासको प्रस्ताव दर्ता गराएपछि बैठक सर्दै आएको थियो।

नेपालपक्षका नेताहरुले समेत सहयोग गरेपछि मुख्यमन्त्री राई बल्ल बैठक बोलाउन सहमत भएका हुन्। एमाले एक्लैको बहुमत भएकाले माओवादी केन्द्रले साथ नदिए पनि मुख्यमन्त्री सुरक्षित छन्।

WRITE COMMENTS FOR THIS ARTICLE