नयाँ नेपालको नक्सा छपाई सुरु केहि दिनमा सरकारी कार्यालयमा नयाँ नेपालको नक्सा हुने
काठमाडौँ-नापी विभागले ३ हजार थान नेपालको नयाँ नक्सा प्रकाशन गर्ने भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर बुधबार सार्वजनिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा मुलुकभरका सरकारी कार्यालयलाई निस्शुल्क उपलब्ध गराइने विभागले जनाएको छ । बिहीबार विभागका प्राविधिक र भाषा सम्पादन टोली बसी प्रशासनिक नापनक्साको स्वरुपलाई अन्तिम रुप दिएर प्रेसमा पठाएका जनाइएको छ ।
सरकारले बुधबार नयाँ नक्सा सार्वजनिक गरेपछि विभागले नक्सा छाप्ने काम थालिएको हो । विभागका अनुसार शनिबारसम्म ३ हजार प्रति नक्सा छापिने छन् । त्यसपछि साधनस्रोत र जनशक्ति जुटाएर ५० हजार प्रति छापिने छ । राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालय, मन्त्रालय, विभाग, अन्य कार्यालय, सुरक्षा निकाय, गाउँ तथा नगरपालिका तथा वडा कार्यालयसम्म नक्सा निस्शुल्क उपलव्ध गराइने छ । तत्काल स्थानीय पालिका कार्यालयसम्म नक्सा प्रयोगमा ल्याउने गरी उपलव्ध गराइने हुने छने भने लकडाउन खुलेपछि देशभरका स्थानीय तहअन्तर्गतका वडा कार्यालयसम्म निशुल्क उपलव्ध गराइने विभागले जनाएको छ । आमनागरिक, निजी संघसंस्थाका लागि माग र आवश्यकताअनुसार विभागले नै छापेर बजारमा पठाउने र त्यसको न्युनतम मूल्य कायम गरिने छ ।
विभागले पछिल्लो पटक सार्वजनिक गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा गैरकानुनी रुपमा छापिए त्यस्ता व्यक्ति तथा संस्थालाई कारबाही गरिने जनाइएको छ । विगतमा पनि यस्तै अनधिकृत रुपमा नक्सा छापिएका कारण सरकारी र त्यस्ता नक्सामा फेरवदल हुने गरेको छ । अन्यत्रबाट नक्सा अनधिकृत रुपमा छापिनसक्ने जोखिम भएकै कारण विभागले आफ्नो वेबसाइटमा नयाँ नक्साको इपेपर नराखिएको जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE