Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

यौन दुव्र्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ

यौन दुव्र्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ

७ असार, काठमाडौं– छात्राहरुलाई यौन दुव्र्यवहार गरेको अभियोगमा मनाङका एक शिक्षक पक्राउ परेका छन् ।

नार्पाभूमी गाउँपालिका–१ नार गाउँको नार आधारभूत विद्यालयमा अध्यापन गराउने शिक्षक पक्राउ परेका हुन् ।

उनलाई सो विद्यालयका युकेजि र प्ले ग्रुपमा अध्ययनरत छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोही विद्यालयका शिक्षक नासो गाउँपालिका–७ तिल्चेका ४३ वर्षीय अजय राम गुरुङ रहेको प्रहरीले जनाएको छ ।

शिक्षक गुरुङले विद्यालयमा अध्ययनरत साना छात्राहरुलाई ट्युसन पढ्न आएको अवस्थामा दुर्ब्यवहार गर्ने गरेको सूचना प्राप्त भएपछि प्रहरी चौकी मेहेताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE