तातो तेल जिउमा खन्याएर श्रीमतीको ज्यान लिन खोज्ने श्रीमान पक्राउ
![](https://sawalmedia.com/wp-content/uploads/2018/11/crime-12.jpg)
२१ कात्तिक
काठमाडौँ– नीलकण्ठ नगरपालिका ११ को ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल जिउमा खन्याएर ज्यान लिन खोजेको आरोपमा उनका श्रीमान् २४ वर्षीय अश्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
घरमा बसिरहेकी श्रीमतीलाई तेल तताएर शरीरमा खन्याएपछि पूजा घाइते हुनुुभएको छ । तातो तेलले पोलेर उहाँको टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ ।
घाइतेको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।
RELATED NEWS ARTICLES
![](https://sawalmedia.com/wp-content/uploads/2021/04/16947300.gif)
WRITE COMMENTS FOR THIS ARTICLE