स्वास्थ्यको पहुँच सुनिश्चित गर्न सरकारलाई आयोगको सिफारिस
१ जेठ, काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीमा जोखिममा रहेका अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा आप्रवासी नेपाली श्रमिकलगायतको स्वास्थ्य उपचारमा पहुँच सुनिश्चित गर्न सरकारलाई विभिन्न सिफारिश गरेको छ ।
आयोगको गत शुक्रबार बसेको वैठकले महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति तथा आप्रवासी नेपाली श्रमिकका समस्या समाधानका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
आयोगले कोभिड–१९ महामारीको समयमा अपाङ्गता भएका व्यक्तिप्रति लैङ्गिक विभेद बढ्दै गएको, जिविकोपार्जनमा कठिनाइ भएको, रोजगारी गुमेको, मनोसामाजिक समस्या देखिएको, कोभिड प्रतिकार्यका लागि सूचनामा पहुँचको अभाव देखिएको एवं सहायक सामग्री (हेरिङ एड, सेतो छडी, नियमित रुपमा लिनु पर्ने औषधि, सरसफाइ) को अभाव देखिएकाले तत्काल सोको व्यवस्था मिलाउन सरकारलाई भनेको छ ।
कालीगण्डकी करिडोर र बागलुङ –बेनी सडक अवरुद्ध
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाको बागलुङखण्ड पहिराका कारण अवरुद्ध भएको छ । निरन्तरको पहिराले करिडोरको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका–१३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सडकको माथिबाट खसेको पहिराले सडक अवरुद्ध भएको र निरन्तरको वर्षात्का कारण पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।
यस्तै निरतरको वर्षात्का कारण बागलुङदेखि म्याग्दीको बेनी जोड्ने सडक अवरुद्धभएको छ । बागलुङ –५ कुडुँले नजीकै सडकमाथिबाट आएको पहिराले बागलुङ –बेनी सडक अवरुद्ध भएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE