Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

रामेछापका ४२ सय घरपरिवारलाई चूजि फाउन्डेशनको सहयोग

रामेछापका ४२ सय घरपरिवारलाई चूजि फाउन्डेशनको सहयोग

५ साउन, काठमाडौं– ताइवानस्थीत चूजि फाउण्डेशनको सहयोगमा रामेछापको लिखु तामाकोशी गाँउपालिकाकाका ४२ सय घर परिवारलाई राहतस्वरुप खद्यान्न सामाग्री वितरण गरिएको छ । फाउण्डेशनले आर्थिक रुपले बिपन्न तथा बाढिपहिरो र कोरोना प्रभावित स्थानीयलाई फाउण्डेशनले राहत सामाग्री वितरण गरेको हो ।

असार १० गतेदेखि सुरु भएको राहत सामाग्री वितरण कार्यक्रम करिव २५ दिनसम्म चलेको थियो । राहत वितरणका क्रममा दुई सय स्वयंसेवक परिचालन गरिएको कार्यक्रममा संयोजक एवं कांग्रेस रामेछाप जिल्लाका कार्यसमिति सदस्य सुन्दर खड्का र प्रदेश कमिटी सचिव निरोज खड्काले जानकारी दिए । राहत बितरणका लागि कार्यसमिति सदस्य खड्काले ५ वटा टिप्पर निशुल्क प्रयोगका लागि प्रदान गरेका थिए ।

राहत बाँड्ने क्रममा प्रतिपरिवारलाई २५ केजी चामल, १० केजी आटा, नुन तेल लगायत खाद्यान्न सामाग्री वितरण गरिएको राहत कार्यक्रम संयोजक खड्काले बताए । कोरोना महामारीले आर्थिक गतिविधि बन्द भएको र त्यसका कारण रोजगारीमा परेको असरको बीचमा सर्वसाधारणलाई राहत दिन सामाग्री बितरण गरिएको हो । यसअघि पनि फाउण्डेशनले सामाजिक क्षेत्रमा बिभिन्न कार्यक्रम गर्दै फाउन्डेसनका सदस्य सुन्दर खडकाले जानकारी दिए ।

उक्त संस्थाले सन् १९६६ मा स्थापित सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतको क्षेत्रमा काम गर्दै आएको छ भने विश्वभर ५०२ वटा कार्यालय रहेका छन् ।

 

 

तस्वीरः बिनोद कटवाल

WRITE COMMENTS FOR THIS ARTICLE