‘हिजोदेखि मुद्दा किनारा लाग्यो अब सरकारमा जान्छौं’ : सचिव झाँक्री

९ आश्विन,काठमाडौं – नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूहरुविरुद्धको मुद्दा किनारा लागेकाले अब छिट्टै सरकारमा सहभागी हुने बताउनुभएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि अब सरकारमा सहभागी हुने र पार्टीभित्रका अरु काम अघि बढाउन सहज भएको उहाँको भनाइ छ ।
शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दैै उहाँले भन्नुभयो, ‘हिजोदेखि मुद्दा किनारा लाग्यो, रिटको पक्षमा अन्तरिम आदेश जारी भएन । मु्द्दा लामो प्रोसेसमा गयो भनेपछि एउटा समयमा पुगेपछि रिट खारेजीको प्रक्रियामा गयो । यसले हामीलाई बाटो खुल्यो ।’
अब पार्टीको विभिन्न तहको कमिटी गठन गर्ने र सरकारमा सहभागी हुने सचिव झाँक्रीले बताउनुभयो । सरकारमा कहिले सहभागी हुन्छ भन्ने प्रश्नमा उहाँले स्पष्ट जवाफ दिनुभएन । ‘छिटो हुन्छ होला, समय तोकेजस्तै हो’ उहाँले भन्नुभयो।सचिव झाँक्रीले प्रदेश १ र बागमती प्रदेशमा पनि छिटै सरकार परिवर्तन हुने बताउनुभयो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE