Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

मेलम्चीको सुरुङ सुरक्षित

१४ असार, काठमाडौँ – बाढीले संरचनाहरू भत्काएर क्षति पु९याए पनि मेलम्चीको पानी काठमाडौँ पठाउन भने समस्या नहुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । परीक्षण स्वरूप काठमाडौँ पठाइएको पानीलाई बन्द गरी सुरुङको निरीक्षण भइरहेको अवस्थामा बाढी आएकाले सुरुङमा क्षति भएको छैन ।

सुन्दरीजल र अम्बाथानको अडिट सुरुङबाट निरीक्षणको काम सुरु भएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। निरीक्षणपछि सुरुङमा पानी ल्याउन समस्या नहुने उहाँको भनाइ छ । वैकल्पिक पथान्तरणबाट सुरुङमा पानी पठाउन सकिने सम्भावना रहेको समितिले जनाएको छ । आयोजनाले पहिला पनि वैकल्पिक मार्गबाट नै सुरुङमा पानी पठाएको थियो ।

पन्तले भने, “बाढीले संचरना भत्काएर क्षति पु९याए पनि काठमाडौँमा मेलम्चीको पानी पठाउन समस्या हँुदैन, वैकल्पिक पानी पथान्तरणबाट अस्थायी ड्याममार्फत अस्थायी रूपमा वैकल्पिक मार्गबाट पानी पठाउन सकिने सम्भावना छन्, पानी पठाउने कुरामा समस्या हुँदैन ।” हाल सुरुङको निरीक्षण भइरहेको छ । निरीक्षणपछि पानी पठाइने समितिले जनाएको छ ।

संरचना निर्माणको पहल दुई हप्ताअघि आएको बाढीका कारण मेलम्चीको हेडवक्र्स पुरिएको छ । दुई दिनअघि हेडवक्र्स निर्माणस्थल पुगेको प्राविधिक टोलीले हेडवक्र्स करिब १० मिटर पुरिएको जानकारी समितिलाई दिएको छ । हेडवक्र्समा करिब तीन लाख घनमिटर गिट्टी बालुवा र ढुङ्गा थुप्रिएको र त्यसलाई हटाउन करिब ३० करोड रुपियाँ लाग्ने अनुमान गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE