Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

२ असार काठमाडौं– प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा मोरङबाट एक जनालाई पक्राउ गरेको छ ।

७ वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले रतुवामाई नगरपालिका–६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा–२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई पक्राउ गरेको हो ।

दुई जना बालिकालाई जबरजस्ती करणी गरेको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE