४४ वर्ष पुगिन् ‘छइयाँ-छइयाँ’ गर्ल : यस्तो छ मलाइकाको फिटनेस लुक्सको रहस्य
एजेन्सी- बलिउडमा ‘छइयाँ(छइयाँ’ गर्लका नामले चर्चित मलाइका आरोडा ४४ वर्षकी भएकी छन् । तर पनि उनी ४४ पुगेजस्ती देखिन्नन, किनभने उनी सधैँ जवान तरुनी देखिइरहन अनेक उपाय गरिरहेकी हुन्छिन् ।
भारतको महाराष्ट्रस्थित ठाणेमा सन् १९७३ को २३ अक्टोबर जन्मिएकी मलाइकाको बलिउडमा छुट्टै पहिचान छ । उनको फिटनेस भिडियो सोसल मिडियाहरुमा खुब रुचाइन्छ । किनभने उनको लुक्सका क्रेजी फ्यान धेरै छन् । मलाइकाले आफूलाई फिट एन्ड फाइन राख्नका लागि राम्रो डाइटिङका साथै फिटनेस सेन्टर गएर पसिना बगाउन छोड्दिनन् ।
बलिउड उद्योगमा मलाइकालाई ‘फेसन क्वीन’को नामले पनि चिन्ने गरिन्छ । यसै कारण मलाइकाको र्याम्प वाल्कदेखि जिम लुक्स जहिल्यै पनि मीडिया तथा सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहन्छ ।
मलाइका एक कुशल अभिनेत्री, डान्सर, ट्राभलर तथा मोडल हुन् । अरबाज खानसँगको उनको सम्बन्धको समेत बढी नै चर्चा हुन्छ । अरबाज र मलाइकाको पहिलो भेट सन् १९९३ मा भएको थियो, जहाँ उनीहरुलाई कफी ब्राण्डको बोल्ड फोटोशुटका लागि बोलाइएको थियो । पहिलो नजरमै उनिहरुको प्रेम बस्यो र पछि बिहे पनि गरे । तर १८ वर्षपछि नै त्यो सम्बन्ध टुट्यो । बिहे गरेको १८ वर्षपछि २०१६ को २८ मार्चमा उनीहरुको सम्बन्ध बिच्छोड भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE