Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

विवादको भुमरीमा फसेको एमालेको कलह मिलाउन दुवै पक्षका दोस्रो तहका नेता समिट होटलमा छलफलमा

विवादको भुमरीमा फसेको एमालेको कलह मिलाउन दुवै पक्षका दोस्रो तहका नेता समिट होटलमा छलफलमा

२५ जेठ, काठमाडौं– एमाले विवाद समाधानका लागि एमालेका दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव माधवकुमार नेपाल समूहले अस्वीकार गरेपछि दोस्रो तहका नेताहरु विवाद समाधानका लागि पुन लागेका हुन् ।

एमालेको दुवै समूहका दोस्रो तहका नेता पार्टी विवाद मत्थर पार्न जुटेका हुन्। हिजो राति नेपाल पक्षले एकता प्रस्ताव अस्वीकार गरेसँगै ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच अहिले ललितपुरको समिट होटलमा वार्ता सुरु भएको हो।

उक्त वार्तामा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली सहभागी छन्। वार्तामा नेपाल पक्षबाट भने सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सहभागी रहेका छन्। आजको वार्तामा घनश्याम भुसाल र योगेश भट्टराई सहभागी छैनन्। भट्टराई आज बिहानै हाइकिङ गएका कारण छलफलमा अनुपस्थित छन्।

एमाले विवाद मिलाउन प्रधानमन्त्री ओलीले आइतवार राति ६ बुँदे सहमतिको प्रस्ताव पेश गरेका थिए। यद्यपि नेपाल पक्षले ओलीले अल्मल्याउन उक्त कार्ड खेलेको बताउँदै अस्वीकार गरेका थिए ।

एकता प्रस्ताव अस्वीकार गरेको नेपाल समूहले मंगलबार सुदूरपश्चिम प्रदेशमा माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको छ । केन्द्रको निर्देशन अवज्ञा गर्दै नेपाल पक्षीय सांसदहरुले मुख्यमन्त्री भट्टको पद जोगादिएका छन् ।

यस लगत्तै दुवै समूहका दोस्रो तहका नेताहरुको वार्ता सुरु भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE