Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएईसँग नेपालको पहिलो पराजय

सवाल सम्वाददाता
काठमाडौं-एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ । शुक्रबार यूएईले १ सय १४ रनको विजयी लक्ष्य ३२ ओभर १ बलमा ७ विकेट खर्चेर पार गरेको थियो । १ सय १४ रनको लक्ष्य पन्छ्याउने क्रममा नेपालका लागि कप्तान पारस खड्का, सन्दीप लामिछाने र करण केसीले समान दुई दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो ब्याटिङ गर्न सकेन र ३३ दशमलव ५ ओभरमा मात्र १ सय १३ रनमा समेटियो । यससँगै तीन एकदिवसीय श्रृङ्खलामा नेपाल १ ० ले पछि परेको छ ।

यही २६ तारिखमा दोस्रो एक दिवसीय अन्तराष्ट्रिय खेल खेल्ने नेपालले सिरिजको अन्तिम खेल जनवरी २८ तारिखमा खेल्नेछ । एक दिवसीय सिरिज खेलिसकेपछि नेपालले टी(ट्वान्टी अन्तर्रा्ष्ट्रिय सिरिज खेल्ने छ । नेपालले आफ्नो पहिलो टी(ट्वान्टी खेल जनवरी ३१ मा खेल्ने छ । त्यस्तै, फेब्रअरी २ मा एक र फेब्रअरी ३ मा तेस्रो तथा अन्तिम टी ट्वान्टी खेल खेल्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE