Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

बेल्जियमलाई हराउँदै इटाली सेमीफाइनलमा

१९ असार, काठमाडौँ – इटाली युरो २०२० फुटबलको सेमीफाइनलमा पुगेको छ । शुक्रबार राती भएको दोस्रो क्वार्टरफाइनलमा बेल्जियमलाई २-१ गोलले हराउँदै इटाली सेमीफाइनलमा पुगेको हो ।

इटालीलाई जिताउन निकोला बेरेल्ला र लोरेन्जो इनसिनिआईले गोल गरे । बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल गरे । तीन वटै गोल पहिलो हाफमा भएका थिए । दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि इटाली विजयी भएको हो ।

यसअघि समूह चरणमा राम्रो खेलेर, साविक विजेता पोर्चुगललाई हराएर क्वार्टरफाइनलमा पुगेको बेल्जियम प्रतियोगिताबाट बाहिरिएपछि उसका खेलाडी स्तब्ध बनेका छन् । शुक्रबार राती नै स्वीट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन सेमीफाइनल पुगेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE