कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
६ वैशाख, काठमाडौं – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
आइतबार तयारी नपुगेको भन्दै स्थगित बैठक आज बस्न लागेको हो । बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा छलफल भएको र उक्त छलफलपछि थप तयारी गर्नुपरेकाले बैठक बस्न नसकेको र आज तयारीका साथ बैठक बस्न लागिएको हो ।
बैठकमा कांग्रेसको आगामी भदौमा हुने १४ औं महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्ने विषयमा छलफल हुने बताइएको छ ।
साथै बैठकमा वर्तमान सरकारको विकल्प खोज्दै आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछिको विकसित राजनीति घटनाक्रम र आगामी रणनीतिका विषयमा समेत छलफल हुने बताइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE