Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बागमती प्रदेश सभा बैठक फागुन १६ गते बस्दै

४ फागुन, काठमाडौँ – बागमती प्रदेश सभाको बैठक फागुन १६ गते आइतबार बस्ने भएको छ ।

बुधबार बसेको सर्वदलिय बैठकले फागुन १६ गते प्रदेश सभाको बैठक राख्ने विषयमा सहमति भएको सभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश सभाको बैठक गत पुस ८ गतेदेखि विपक्षी एमालेको अवरोधका कारण बस्न सकेको छैन । सर्वदलिय बैठकमा फागुन १५ गते पुनः सर्वदलिय बैठक राख्ने र १६ गते प्रदेशसभाको बैठक बोलाउने विषयमा सहमति भएको सभामुख श्रेष्ठले बताउनुभयो ।

बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE