माघे १ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा
बागलुङ- गण्डकी प्रदेश सरकारले माघि पर्वको अवसरमा माघ १ गते प्रदेश भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बुधबार भएको बैठकमा माघि पर्व अथवा माघे सक्रान्तिका दिन बिदा दिने निर्णय गरेको हो ।
माघि मगरको पर्व भनिएता पनि क्षेत्री, बाहुन, मगर, थारुल लगायत सबै समुदायले यो पर्व विशेष रुपमा मनाउने भएकाले माघे संक्रान्ति अर्थात माघी पर्वको अवसरमा बिदाको निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए। प्राय सबै जातजातिले मान्ने पर्व भएकाले सामाजिक एकता र सद्भाव कामय गर्न बिदाको निर्णय गरिएको पनि बस्नेतले सवाल मिडियालाई जानकारी दिए । 
मन्त्रिपरिषद्को निर्णय लगत्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशभित्रका सवै शैक्षिक संस्था, सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक विदा घोषणा भएको सूचना प्रकाशित गरेको प्रदेश श्रोतले सवाल मिडिया र लाई जानकारी दिएका छन ।
प्रदेश सरकारले दिएको यो दोस्रो सार्वजनिक बिदा हो । यसअघि पुस १५ मा गुरुङ समुदायको ल्होसारका अवसरमा दिएको थियो। त्यस बेला संघिय सरकारले कार्यान्वय नगरेता पनि यस पटक कार्यान्वयनमा आउने आशा गरिएको बताईएको लेखक यवं सामाजिक अभियान्ता सीताराम थापा बताउछन।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE