Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

शशिकला र कुमार एक अर्काको साथमा रहने : भिडियो सहित

३० भदौ, काठमाडौँ – सुपरिचित गायिका शशिकला मोक्तान र गायक कुमार लामा योञ्जनको सुमधुर सांगीतिक कोसेली  तिम्रो साथ रहने छु यति बेला युबा पुस्तामा चर्चित बनिरहेको छ।  केहि दिन अघि सार्बजानिक गीतको अडियो संगै भिडियोलाई पनि सकारात्मक प्रतिक्रिया सहित दर्शकले माया गरिरहेको गायक योञ्जनले बताउनु भयो।

हुन त शशिकला मोक्तान आफैमा चर्चित गायिका हुन् , उनको राम्रै फ्यान फ़लोईङ्ग समेत छ।  त्यसका कारण पनि गीतले सकारात्मक चर्चा धेरै पाइरहेको हुन सक्छ।  तर त्यति मात्र हैन यो  गीत आफैमा एउटा सुन्दर क्रियसन बनेको कारण पनि प्रेमिल मनहरुमा यो गीतले स्थान पईरहेको हो। गायक योञ्जनको आफ्नै संगीत र एरेन्ज समेत रहेको गीतको यी दुवै पाटो पनि तरिफ़ योग्य छ।

प्रकाश तामाङ्गको उत्कृष्ट शब्द रचना लाई योञ्जनको संगीत र एरेन्जले न्याय गरेको छ।  शशिकला र कुमारको गायनको बोण्डिङ्ग पनि कम्ताको भने हैन। यो पनि तारिफ योग्य रहेको छ।  प्रदिप श्रेष्ठले निर्देशन गरेको उक्त गीतको भिडियोमा गायक योञ्जन संगै सबु गोलेको अभिनय रहेको छ। रोशनी तामाङ्गले भिडियो खिच्नु भएको हो भने योञ्जन आफैले भिडियोलाई सम्पादन तथा कलर ग्रेडिङ्ग गरेका हुन्। पछिल्लो समय चर्चामा रहेको गीत   तिम्रो साथ रहने छु  हेर्नुहोस तपाई पनि :

WRITE COMMENTS FOR THIS ARTICLE