असोज मसान्तसम्म नेपाललाई २ खर्ब ६१ अर्ब रुपैयाँको व्यापार घाटा
३ कात्तिक
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकमा २ खर्ब ६१ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ ।
राजस्व विभागले निकालेको असोज मसान्तसम्मको तथ्यांकमा ८५ करोड ६० लाख रुपैयाँ राजस्व संकलन हुँदा २ खर्ब ६१ अर्ब रुपैयाँको व्यापार घाटा भएको हो । विभागका अनुसार गत वर्षको यही अवधिको तुलनामा वस्तु आयात १२.७४ प्रतिशतले घटेको छ भने निर्यात १४.२८ प्रतिशतले बढेको छ । आयात घट्दाको असर राजस्व संकलनमा परेको छ ।
राजस्व संकलन ८.५२ प्रतिशतले गिरावट आएको विभागले जनाएको छ । यस्तै, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब २३ अर्ब ३० करोड रूपैयाँको वैदेशिक व्यापार भएको छ । यो अवधिमा २ खर्ब ९२ अर्ब २६ करोड रूपैयाँको वस्तु आयात भएको छ भने ३१ अर्ब ४ करोड रूपैयाँको वस्तु निर्यात भएको छ ।
गत आर्थिक वर्षको यही आवधिमा ३ खर्ब ३४ अर्ब रूपैयाँको वस्तु आयात भएको थियो । त्यसैगरी २७ अर्ब १६ करोड रूपैयाँको वस्तु निर्यात भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE