Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पवनको अर्धशतकमा काठमाडौंलाई ललितपुरको चुनौतीपूर्ण लक्ष्य

९ आश्विन,काठमाडौं – अलराउन्डर पवन सराफको उत्कृष्ट अर्धशतकको मद्दतमा बजाज पल्सर एभरेस्ट प्रिमियर लिग९ईपीएल०को पहिलो खेलमा ललितपुर प्याट्रिएट्सले काठमाडौं किङ्स ११ लाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरमा जारि उद्घाटन खेलमा ललितपुरले काठमाडौंलाई जितको लागि १ सय ५८ रनको लक्ष्य दिएको हो ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पाहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन जोडेको हो । खेलमा खराब शुरुवात गरेको ललितपुरको इनिङ्स पवन सराफ र शङ्कर रानाले अर्धशतकिय साझेदारी गर्दै उकास्नुभएको थियो  ।

एकसमय ७ रन जोड्दा ३ विकेट गुमाएको ललितपुरलाई सम्मानजनक स्कोरमा पुर्याउन पवन सराफले ४४ बलमा ५ चौका र ४ छक्कासहित ६१ रन जोड्नुभयो । उहाँले पाँचौ विकेटको लागि योगेन्द्र सिंहसँग ६२ रनको साझेदारी गर्नुभयो ।

योगेन्द्रले २० बलमा आक्रमक ब्याटिङ गर्दै ३ छक्कासहित ३३ रन जोड्नुभयो । रान्जुङ मिक्यो डोर्जी १७ रनमा नटआउट रहँदा शङकर रानाले १४ र नारायण जोशीले १२ रनको योगदान गर्नुभयो । यसअघि ललितपुरले पहिलो २ ओभरमै कप्तान कुशल भुर्तेललाई शून्य, सान्दुन वेराकोडीलाई २ र ओशाडा फेर्नान्डोलाई ४ रनमा गुमाएको थियो ।

काठमाडौंको लागि जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चिदै ४ विकेट लिनुभयो । गुल्सान झाले ४ ओभरमा ३५ रन दिएर २ विकेट लिँदा रायन ब्रुटले ४ ओभरमा २० रन दिएर २ विकेट लिनुभयो । दोस्रो इनिङ्स केहिबेरमा शुरु हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE