Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आठ सय रुपैयाँ महँगियो सुनको भाउ

९ फागुन
काठमाडौं –
गत साता लगातार ओरालो लागिरहेको सुनको भाउ आइतबार महँगिएको छ । सुन तोलामा आठ सय रुपैयाँले बढेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको भाउ तोलामा ८८ हजार दुई सय रुपैयाँ कायम भएको थियो ।

चाँदी तोलामा २५ रुपैयाँले महँगो भएको छ । गत शुक्रबार तोलामा एक हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार एक हजार ३ सय ३० रुपैयाँ कायम भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE