Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

फूलमाला लिएर गर्‍यो विवेकशील पार्टीले प्रदर्शन

 १० फागुन 

काठमाडौँ – विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटन विरुद्ध फूलमाला सहित प्रदर्शन गरेको छ । पार्टीले माइतीघर मण्डलामा फूलमाला सहित प्रदर्शन गरेको  हो ।

नेपालको राष्ट्रिय गानमा भने झैँ सैयौं थुङ्गा फूलका माला स्वरूप रहेका नेपालीहरूमा  निहित सार्वभौमसत्ताको उपयोग गर्दै जारी गरिएको संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुल्चेको भन्दै आफुहरुले प्रर्दशन गरेको विवेकशील पार्टीका नेता लक्ष्मण श्रेष्ठले बताउनुभयो ।

उहाले ठूलापार्टीहरुले आन्दोलनमा मानिसहरुलाई किनेर ल्याउनु भनेको मानव तस्करी भएको आरोप लगाउनुभयो । श्रेष्ठले संख्या भन्दा विचारमा राजनीतिक पार्टीहरुले बढावा दिनुपर्ने भन्दै पैसाको लोभ नदेखाउन आग्रह गर्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE