Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

चुरे उत्खनन गरेर गिट्टी-बालुवा निर्यात गर्ने निर्णय राष्ट्रघाती : अध्यक्ष यादव

१९ जेठ, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले व्यापार घाटा कम गर्ने नाममा ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने निर्णय राष्ट्रघाती भएको बताउनुभएको छ ।

अध्यक्ष यादवले प्रेस विज्ञप्ति निकालेर सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीतिले तराईमा ठूलो प्राकृतिक सङ्कट आउने समेत बताउनुभएको छ ।

उहाँले ढुङ्गा, गिट्टीका लागि हुने प्राकृतिक दोहनबाट नकारात्मक पर्यावरणीय असर पार्ने र जसको मूल्य तराईमा बसोबास गर्ने मानिसले चुकाउनु पर्ने बताउनुभएको छ । केही व्यवसायीलाई फाइदा गरे पनि यो आम नागरिकको हित विपरीत भएको उहाँको  ठहर रहेको छ ।

Sponsored
Sponsored

 

WRITE COMMENTS FOR THIS ARTICLE