सिंहदरबारमा सुरु भयो सत्तारुढ गठबन्धनको बैठक
२३ भदौ,काठमाडौँ-सिंहदरबारमा सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, (मा.के)का अध्यक्ष प्रचण्ड, नेकपा (ए.स.)का अध्यक्ष माधव कुमार नेपाल, (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरु सहभागी भएका छन्।
आज ४ बजे बस्ने संसदको बैठकमा कसरी प्रस्तुत हुनेलगायत विषयमा कुराकानी भइरहेको बताइएको छ। अहिले ताँतिरहेको एमसीसी सन्दर्भम पनि कुराकानी भइरहेको बताइएको छ।
बैठकमा सरकारका मन्त्रीहरु र मुख्यसचिव शंकरदास बैरागीको पनि सहभागिता रहेको बताइएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE