Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

नेपालको भिडियो सेयर गर्दै डब्लुएचओ प्रमुखले लेखे – ‘खोपको समान आपूर्तिका लागि दबाब दिऊँ’

५ असार, काठमाडौं – यसैसाता हिमालपारिको जिल्ला मुस्ताङको लेतेस्थित खोलामा आएको बाढीमा केही स्वास्थ्यकर्मीले खोपको डब्बालाई मुस्किलले तार्दै गरेको भिडियो भाइरल बन्यो ।

यो भिडियो एकैदिनमा विश्वभर भाइरल बन्यो जसलाई सयौं प्रतिष्ठित मानिसहरुले पनि सामाजिक संजालमा सेयर गरेका छन् । कोभिडको दोस्रो लहरसँग जुधिरहेको नेपालको यस्तो दृश्य देखेर धेरैले टिप्पणी पनि गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का निर्देशक डा। टेड्रोसले पनि यो भिडियोमा प्रतिक्रिया नजनाइरहन सकेनन् । उनले ट्वीटरमा उक्त भिडियो सेयर गर्दै नेपाली स्वास्थ्यकर्मीलाई हिरोको संज्ञा दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE