दाङमा मोटरसाइकल दुर्घटना, १ जना मृत्यु
१२ साउन, काठमाडौँ – दाङमा मोटरसाइकल दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । सोमबार बिहान घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर-७ पर्सेनीमा रा ६ प ७२५ नम्बर मोटरसाइकल दुर्घटना हुँदा अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको हो ।
सडक निर्माणका लागि खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। शवलाई पोष्टमार्टका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ।
शवको अहिलेसम्म पहिचान हुन नसकेको यद्यपी चुडामणी भण्डारी लेखिएको बैंकको एटिएम फेला परेको प्रवक्ता रिजालले बताए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE