Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

रोनाल्डोको गोलमा युनाइटेड विजयी

काठमाडौं – इङलिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा बिहीबार राति सेरिफलाई ३–० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले समान एक एक गोल गरे ।

रोनाल्डोको यो करियरकै ७ सय १ गोल हो । जितसँगै समूह ‘ई’ मा युनाईटेडले ५ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ । सेरिफ ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE