हेर्नुहोस २०७६ साल फागुन ५ गते र फागुल १२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु, के निर्णय गर्यो बाँस्कोटा घुस काण्डको ?
काठमाडौँगत फागुन ५ गतेका निर्णयहरु
१. सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयको एसिया प्रशान्त क्षेत्र समूहबाट हुने नेपालको पारस्परिक मूल्याङ्कनको तयारीसम्बन्धी अवधारणापत्र स्वीकृत गर्ने ।
२. हेजिङ्ग सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६ मा स्वीकृति प्रदान गर्ने ।
३. वीरगंज चिनी कारखानाको स्वामित्वमा रहेको जिल्ला पर्सा, बीरगंज महानगरपालिका वडा नं. १४ स्थित कि.नं. ११३१ को १०–६–४ विगाहा जग्गा मध्ये ६ (छ) बिगाहा जग्गा विक्री गर्न स्वीकृति दिने ।
४. नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यमा डा. स्वयम प्रकाश श्रेष्ठ, डा. युगनाथ घिमिरे, डा. विनायक प्रसाद राजभण्डारी, गोविन्द के.सी., श्री कृष्ण प्रसाद पौडेल, चुन्न प्रसाद शर्मा, यमुना घलेलाई दुई वर्षको लागि मनोनयन गर्ने ।
५. २०७६र११र०६ गते सम्ममा तोकिएको कैदमा कम्तीमा ५०% (पचास प्रतिशत) तथा ७५ वर्ष भन्दा माथिका ज्येष्ठ कैदीको हकमा कैद भुक्तान गरी असल चालचलन भएका र नकारात्मक सूचीको मुद्दा बाहेकका कैद छोट्याउन योग्य देखिएका जम्मा ३२९ जना कैदीहरुको बाँकी कैद कट्टारमाफी मिनाहा गर्न नेपालको संविधानको धारा २७६ बमोजिम सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिश गर्ने ।
६. सेती नदि पोखरा म.न.पा. ३ र ११ जोड्ने पुल निर्माण गर्दा आवश्यक पर्ने ३७७.५० वर्गमीटर क्षेत्रफल जग्गा प्राप्तिको लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम स्वीकृति प्रदान गर्ने ।
७. २०७६ फाल्गुण २६ देखि चैत्र ७ सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने महिलाको स्थिति सम्बन्धी संयुक्त राष्ट्र संघीय आयोगको ६४ औं सम्मेलनमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरुङ्गको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागिताका लागि स्वीकृति दिने ।
८. नेपाली सेनाका पाइलट महासेनानी अर्जुन खत्री क्षेत्रीको राजीनामा स्वीकृत गर्ने ।
९. बहुप्राविधिक महाविद्यालय निर्माण र सन्चालनार्थ सिन्धुपाल्चोक जिल्लाको चौतारा, साँगागढीचोकगढी नगरपालिका, ५ स्थित आहालडाँडा सामुदायिक वन क्षेत्रसहित राष्ट्रिय वन क्षेत्रको कूलजम्मा ०.८९७० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुखरपोलविरुवाहरु हटाउन समेत स्वीकृति दिने ।
१०. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविर्धि ्विधि) (दोस्रो संशोधन) नियमावली, २०७६ स्वीकृत गर्ने ।
११. २०७७ सालमा दिइने सार्वजनिक, पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण गरी स्वीकृत गर्ने ।
फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
१. पूर्वाधार विकास करको दर परिमार्जन गर्ने ।
२. मिति २०७६ फागुन २०(२१ मा बंगलादेशको ढाकामा हुने नेपाल(बंगलादेश वाणिज्य सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको पाँचौ बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) डा. बैकुण्ठ अर्यालको नेतृत्वमा ८ सदस्यीय वार्ता टोली गठन गर्ने ।
५. नेपाल (भारत सीमा निरीक्षण समितिको कार्यावधि २०७७ साल असार मसान्तसम्म थप गर्ने ।
६. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका सदस्य श्री जगत देउजाले सदस्य पदबाट दिनु भएको राजीनामा स्वीकृत गर्ने ।
७. संखुवासभा जिल्लामा जग्गा पुनः नापजाँच गर्नको लागि स्वीकृति दिने ।
८. समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा कुमार प्रसाद पोखरेल (अध्यक्ष), टिका बुढाथोकी, (सदस्य), ममता देवी शर्मा उपाध्याय (सदस्य), सरस्वती देवी भट्टराइ (सदस्य) र नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत (सदस्य–सचिव) नियुक्ति तथा मनोनयन गर्नेः
९. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका सदस्य पदमा श्री महेन्द्रकुमार थापा क्षेत्री (ललितपुर (१८ भैसेपाटी) लाई नियुक्त गर्न स्वीकृत दिने ।
१०. ख्वप कलेज अफ इन्जिनियरिङ्ग, लिवाली, भक्तपुरलाई बि.ई.कम्प्युटर ४८ जना सहितको नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने ।
११. बालबालिका सम्बन्धी नियमावली जारी भई अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि बाल न्याय सम्पादन (कार्यविभि) नियमावली, २०७६ को नियम ४३ मा उल्लिखित प्रोवेशन अधिकारीको बाल न्यायसँग सम्बन्धित काम, कर्तव्य र अधिकार बमोजिमको कार्य गर्ने गरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७९(२) बमोजिम सबै जिल्ला अदालतहरुमा कार्यरत रहेका राजपत्रांकित अधिकृतस्तरको तहसिलदारलाई नेपाल सरकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी प्रोवेशन अधिकारी तोक्ने र राजपत्रांकित अधिकृतस्तरको तहसिलदार नभएको स्थानमा अदालतको श्रेस्तेदारलाई नेपाल सरकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी प्रोवेशन अधिकारी तोक्ने ।
१२. खेलकुद पुरस्कार तथा सम्मान कार्य्विधि द्दण्ठद्द को पहिलो संशोधन स्वीकृत गर्ने ।
१३. मौलाकाली केवलकार आयोजनाको च्इध् ब्ष्निलmभलत (१०−१० मीटर च्इध् ब्ष्निलmभलत सहित केही टावर संरचनाहरु रहनेगरी) र माथिल्लो स्टेशन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्तापूर्व नवलपुर) को गैडाकोट
नगरपालिका(१ मा पर्ने मौलाकाली सामुदायिक वनर मौलाकाली धार्मिक वन समेतको गरी कूलजम्मा २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
१४. सिद्धार्थ केवलकार आयोजनाका लागि तल्लो स्टेशन निर्माण गर्न रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका(१ स्थित राष्ट्रिय वन क्षेत्रको थप कूलजम्मा २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
१५. देहायका स्थानीय तहलाई देहाय वमोजिम जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने(
१. मिक्लाजुङ गाउँपालिका, पाँचथरको साविक आरुबोटे गाविस वडा न. ५ को ४२ रोपनी जग्गा एकीकृत कृषि नमूना केन्द्र स्थापनाको लागि।
२. पालुङटार नरगपालिका, गोर्खाको साविक च्याङली गा.वि.स. वडा न. ५ को १ रोपनी जग्गा प्रहरी चौकी भवन निर्माण, साविक खोप्लाङ गा.वि.स.वडा न. ८ को ३–१–०–० रोपनी पर्यटकिय पूर्वाधार निर्माण गर्न,
साविक पालुङटार गा.वि.स.वडा न. ७ को ०–५–२–० रोपनी वडा कार्यालय भवन निर्माण र साविक आपपिपल गा.वि.स.वडा न. ४ को १६–८–०–३ रोपनी लिगलिगकोट दरबार र गढी संरक्षणको लागि ।
३. नराहा गाउँपालिका, सिराहाको गाउँपालिकाको वडा न. ५ को ०–८–० विगाह जग्गा प्रशासकीय भवन निर्माण, साविक बर्छवा गा.वि.स. वडा न. ६ को ०–३–१ विगाह दिनाभद्री प्रा.बि.को भवन निर्माण र वडा न. ८
को ०(५(९ विगाह ज.व.उ.मा.बि.को भवन निर्माणको लागि।
४. देवताल गाउँपालिका, बाराको साविक रौवाही गा.वि.स. वडा न. ७ को ३–१२–१० विगाह बहुउद्देशिय रंगशाला निर्माण लागि।
५. गौरीगंज गाउँपालिका झापाको गाउँपालिकाको वडा न. २ को ३–०–० विगाह ल्याण्डफिल साईट निर्माण लागि।
६. धार्चे गाउँपालिका गोरखाको गाउँपालिकाको वडा न. ५ को ४–२–०–० रोपनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण लागि।
७. गलकोट नगरपालिका, बाग्लुङ्गको साविक मल्म गा.वि.स.३ को २–७–०–२ रोपनी वडा कार्यालय भवन निर्माणको लागि।
८. राजपुर नगरपालिका, रौतहटवाट साविक राजपुर गा.वि.स.वडा न. ३ को ० –१०–० विगाह नगरपालिकाको प्रशासकिय भवन निर्माण र वडा न. ५ को ० –५–० विगाह स्वास्थ्य चौकी भवन निर्माणको लागि।
१६. नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा मोतीपुर ३, कपिलवस्तु निवासी श्री पुष्पराज खनाललाई नियुक्ति गर्ने ।
१७. देहायका पदाधिकारीहरूलाई वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका सदस्य मनोनयन गर्ने ।
दुइवटै बैठकमा गोकुल बाँस्कोटाको भने कुनै पनि निर्णय गरेन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE