Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

उपहारमा आएको ‘कोरोनिल किट’ वितरणमा रोक

उपहारमा आएको ‘कोरोनिल किट’ वितरणमा रोक

२६ जेठ, काठमाडौं– आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पतञ्जलीको कोरोनिल किट वितरणमा रोक लगाएको छ । विभागले भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठले उत्पादन गरेको कोरोनिल किट् नेपालमा वितरण गर्न रोक लगाएको हो ।

कोरोनिल किट कोरोना भाइरसविरुद्ध प्रभावकारी भएको पर्याप्त प्रमाण नभेटिएको भन्दै विभागले वितरणमा रोकेको हो ।

त्यस्तै ती किट नेपालको औषधी व्यवस्था विभागमा दर्ता नभएको समेत विभागले जनाएको छ । गतसाता मात्र पतञ्जलीको तर्फबाट १५०० किट तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई बुझाइएको थियो ।

उक्त किट्ले स्वास्थ्यमा असर नपर्ने देखिएपनि विभागमा दर्ता नभएकाले वितरण नगर्ने निर्णय गरिएको विभागले बताएको छ । यसअघि भुटानले पनि कोरोनिल किट वितरणमा रोक लगाइसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE