सातौँ क्रिकेट सी.एस.आइ.टी प्रतियोगिता यही फाल्गुन १५ देखि
सवाल सम्वाददाता
काठमाडौँ-सातौँ क्रिकेट सी.एस.आइ.टी. प्रतियोगिता यही फाल्गुन १५ देखि २५ सम्म हुन गइरहेको छ । सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजीको सगरमाथा स्टुडेन्ट वेल्फेयर काउन्सिलले उक्त प्रतियोगिता आयोजना गर्न गइरहेको हो । प्रतियोगिता पुलचोक मैदानमा हुँदै छ ।
सी.एस.आइ.टी. इतिहासमा अहिले हुने प्रतियोगिता सातौँ हो । प्रतियोगितामा प्रथम हुनेले ५०, हजार रपैँया, ट्रफी, मेडल र प्रमाणपत्र प्रप्त गर्ने छन् । त्यस्तै द्दितिय पुरस्कार राशि ३०,हजार रुपैँया, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै प्रत्येक प्रतियोगितामा म्यान अफ द म्याचको लागि ट्रफीको व्यवस्था गरिएको छ भने म्यान अफ द टुर्नामेन्टको लागि ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
प्रतियोगीतामा भाग लिन दर्ता शुल्क भने २५, हजार तिर्नु पर्ने छ । प्रत्येक कलेजबाट एउटा भन्दा बढी टिम पनि प्रतियोगितामा सहभागि हुन सक्ने छन् भने प्रतियोगितामा सहभागी हुन कलेज आइ.ओ.एस.टि. सी.एस.आइ.टी.मा सम्बन्धन प्राप्त गरेको हुनु पर्नेछ । उपत्यका बाहिरका कलेजहरुले पनि प्रतियोगितामा भाग लिन सक्ने छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE