ससंदको चालू अधिवेशन अन्त्य
१२ कार्तिक, काठमाडौं – ससंदको चालू अधिवेशन अन्त्य भएको छ ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) राति १२ बजेदेखि लागु हुने गरि संसद्को चालू अधिवेशनको अन्त्य गर्नुभएको हो ।
मन्त्रिपरिषदको बिहीबार (कार्तिक ११) को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गर्नुभएको हो ।
चालू अधिवेशन प्रारम्भ भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको थियो ।
प्रतिनिधिसभाको नवौँ अधिवेशनमा हालसम्म १४ बैठक भएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE