आधारभूत तहका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनमार्फत गर्ने काठमाडौं महानगरको निर्णय
आधारभूत तहका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनमार्फत गर्ने काठमाडौं महानगरको निर्णय
५ जेठ, काठमाडौं– भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएपछि काठमाडौं महानगरपालिकाले आधारभूत तह(कक्षा ८) को नतिजा आन्तरिक मूल्याङ्कनमार्फत गर्ने भएको छ । परीक्षा सञ्चालन सम्भव नभए पछि महानगरपालिकाले कक्षा ८ को मूल्यांकन विधि तय गरेको हो ।
महानगरको शिक्षा शाखाले मूल्याङ्कनमा पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकनको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक विधि अपनाइ २० प्रतिशत मूल्याङ्कन गर्ने गरी विधि तय गरेको छ ।
महानगरले एक सूचना जारी गरी जेठ २५ गतेभित्र विद्यार्र्थीको विषयगत मूल्यांकन पेस गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको छ ।
अन्य कक्षाको हकमा पनि जेठ मसान्त सम्ममा नतिजा प्रकाशन सक्न र असार १ गतेबाट नयाँ शैक्षिक सत्र शुरु गर्न महानगरले सबै विद्यालयलाई निर्देशन दिईसकेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE