मोदीलाई प्रधानमन्त्री देउवाले दिए जन्मदिनको शुभकामना
१ असोज,काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनुभएको छ। शुक्रबार देउवाले ट्विटरमार्फत् मोदीलाई जन्मदिनको शुभकामना दिँदै उहाँको सुस्वास्थ्य र सफलताको कामना गर्नुभएको हो। मोदीले आज ७१औं जन्मदिन मनाउँदै हुनुहुन्छ। मोदीको जन्मदिन उनको दल भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने भएको छ।
बिबिसी हिन्दीका अनुसार मोदीको जन्मदिनका अवसरमा भाजपाले देशभरि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। उहाँको जन्मदिनका अवसरमा भाजपाले ‘सेवा र समर्पण अभियान’ चलाउने भएको छ। त्यका लागि कैलाश विजयवर्गीयको नेतृत्वमा चार सदस्यीय समिति बनाइएको छ।
२० वर्षअघि मोदीले पहिलो पटक अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्री सम्हाल्नुभएको थियो। उहाँको जन्मदिन र पहिलो पटक मुख्यमन्त्री भएको दिनसम्म भाजपाले विभिन्न कार्यक्रम गर्न लागेको हो। मोदीको जन्मदिनका अवसरमा जिल्लास्तरमा पार्टी कार्यकर्ताले रक्तदान गर्ने, मोदीको जीवनी प्रदर्शन गर्ने लगायत कार्यक्रम गरिनेछन्।
उहाँको जन्मदिनको अवसरमा वाराणसीको भारत माला मन्दिरमा ७१ हजार दीयो जलाउने, धन्यवाद मोदीजी लेखिएका १४ करोड रासन झोला बाँड्नेलगायत कार्यक्रम पनि गरिनेछन्। प्रधानमन्त्री मोदी सन् २०१४ मा भारतका प्रधानमन्त्री बन्नुभएको थियो।
उहाँको हिन्दुवादी भाजपाले केन्द्रीय सत्ता चलाउँदा मुस्लिमलगायत अल्पसंख्यकमाथि दमन बढेको, प्रजातान्त्रिक संस्थाहरू धरासायी भएको र पछिल्लो समय कोरोना महामारीको नियन्त्रणमा उनको सरकारले प्रभावकारी काम गर्न नसकेको भनेर आलोचना हुने गरेको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE