शिक्षा र स्वास्थ्य निजी क्षेत्रलाई दिनु हुँदैनः मुख्यमन्त्री गुरुङ
२३ फागुन
काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतासँग प्रत्यक्ष जोडिएका शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण विषय निजी क्षेत्रलाई संचालन गर्न दिन नहुने बताउनु भएकोा छ । आइतबार पोखरा महानगरपालिका–१९ घार्मीमा रहेको लामाचौर स्वास्थ्य चौकीको रजत जयन्ती तथा नवनिर्मित भवनको उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले विपदका वेला सरकारी अस्पतालले खेलेको भुमिका प्रशंसनीय रहेको बताउनु भयो ।
मुख्यमन्त्री गुरुङले संकटको बेला निजी स्वास्थ्य संस्थाले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना समेत गर्नु भएको थियो । ‘कोभिड महामारीका वेला निजी अस्पतालको भुमिका राम्रो देखिएन’ उहाँले भन्नु भयो, ‘राज्यलाई आवस्यक परेको वेला निजी क्षेत्र सहयोगी बन्न सकेन, संकटमा सेवा दिन हिच्किचाउने स्वास्थ्य संस्थाको औचित्य छैनन् ।’
उहाँले तीन तहको सरकार वीच समन्वय भएमात्र प्रभावकारी भुमिका खेल्न सकिने बताउँदै स्वास्थ्य सेवामा सरकारले ठुलो लगानी गर्नु पर्नेमा जोड दिनु भयो । स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी वनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशभित्र गरिवीको रेखामुनी रहेका जनताको प्रदेश सरकारले नै स्वास्थ्य विमा गरिदिने समेत वताउनु भयो ।
मुख्यमन्त्री गुरुङले वर्तमान सरकारले जनताका पक्षमा राम्रो काम गर्दा पनि पार्टीका नेताले साथ नदिएका कारण अहिलेको परिस्थिती आएको वताउनु भयो । उहाँले जनताबाट तिरस्कृत भएकाहरुले पार्टी र सरकार चलाउन खोजेको र त्यो कार्य पुरा हुन नसक्ने जानकनरी दिनु भयो ।
हाल स्वास्थ्य चौकीबाट वाल स्वास्थ्य, मातृ स्वास्थ्य, क्षयरोग तथा सरुवा रोग नियन्त्रण, नियमित खोप कार्यक्रम, गाउँघर क्लिनिक र ओपीडी लगायतका सेवा संचालन भइरहेको स्वास्थ्य चौकीले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE