Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

चितुवाको छालासहित २ जना पक्राउ

२७ साउन, काठमाडौँ – पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित कुसुम खोलाबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका घर भएका ४२ वर्षीय विष्णुबहादुर खत्री र ४० वर्षीय रविल मिया रहेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी हार्थोकबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान चितुवाको छाला बरामद गरेको छ ।

मुझुङ बतासेबाट तानसेनतर्फ जाँदै गरेको लु.३७ प ४४४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरुको साथमा चितुवाको छाला फेला परेको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागी डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE