“महानायक” विवाद राजेश हमालले भने : ‘कर्म सहि गर’
६ आश्विन,काठमाडौं – नेपाली चलचित्रमा नायक–नायिकालाई दिइने विभिन्न खालका उपाधि सधै चर्चामा रहन्छ । कलाकारलाई दिइने उपाधिमा प्रश्न चिन्ह पनि उठिरहेका छन् । नायक राजेश हमाललाई दिइएको ‘महानायक’ र नायिका करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’ उपाधिमा सधै नै विवाद भएको पाइन्छ । २ दिन अगाडि मात्र नायक भुवन केसी र शिव श्रेष्ठले नायिका गौरी मल्ललाई ‘महानायिका’को उपाधि दिएपछि यसको चर्चा भयो ।
कसैले यी दुई कलाकारको कुरामा सहमती जनाउनुभयो भने कतिपयले विरोध गर्नुभयो । जे होस्, फेरि एकपटक ‘महानायक र महानायिका’को विवाद सतहमा आएको छ । नायक राजेश हमालले यो बिषयमा खासै मुख खोल्नुभएको छैन । हमालले आफूलाई सोझै ‘महानायक’ नभनेपनि दर्शकले दिएको माया भन्नुभएको छ ।

भुवन र शिवले ‘महानायक’को उपाधिमाथि नै प्रश्न सोझ्याउँदै एक–अर्कालाई यो उपाधि दिइरहेको बेला नायक राजेश हमालले घुमाउरो शैलीमा यसको जवाफ दिन खोज्नुभएको छ। उहाँले लेख्नुभएको छ–‘कर्म सहि गर, फल प्राप्त हुनेछ ।’ हमालको यो कुराले पनि राम्रो काम गर्यो भने फल आफै प्राप्त हुने भन्दै यसमा ठूलो स्वरले कराउन आवश्यक नरहेको आशय स्पष्ट झल्कन्छ । कतै, हमालले शिव र भुवनलाई घुमाउरो तरिकाले जवाफ दिन खोज्नुभएको त हैन ?
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE