जातीय विभेदको घटनामा मन्त्री श्रेष्ठले राज्यशक्तिको दुरुपयोग गरेको विवेकशील साझाको आरोप
जातीय विभेदको घटनामा मन्त्री श्रेष्ठले रज्यशक्तिको दुरुपयोग गरेको विवेकशील साझाको आरोप
१० असार, काठमाडौं– जातीय विभेदसँग जोडिएको रुपा सुनार घटनामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले राज्यशक्तिको दुरुपयोग गरेको विवेकशील साझाले आरोप लगाएको छ ।
विवेकशील साझाले दण्डहीनतालाई प्रश्रय दिने गरी मन्त्री श्रेष्ठले पदको दुरुपयोग गरेको बताएको हो ।
जातीय कारणले घरभाडामा नदिने घरबेटी सरस्वती प्रधानलाई भेट्न मन्त्री श्रेष्ठ सरकारी वकिलको कार्यालयमै पुगेका थिए । सो पश्चात पनि गाडीमा लिफ्ट दिएपछि यो विवाद सतहमा आएको थियो ।
विज्ञप्तीमा भनिएको छ, ‘आरोपित व्यक्तिले जातीय विभेद गरे नगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्ठ उल्टै झन्डावाल गाडीमा प्रहरीकहाँ पुगेर अनुसन्धान प्रभावित पार्नु कदापि स्वीकार्य हुन सक्दैन।’
यस्तै विवेकशील साझाले ‘कानुनतः दण्डनीय र सामाजिक रूपमा पूर्णतः अस्वीकार्य जातीय विभेदसँग जोडिएको भनिएको सो घटनाको गाम्भीर्यता मनन गर्न नसक्ने र राज्यशक्तिको दुरुपयोग गर्ने मन्त्री श्रेष्ठ उक्त पद बसिरहन नैतिक रूपमा अयोग्य साबित भइसकेको’ बताउँदै दण्डहीनतालाई प्रश्रय दिएकाले मन्त्री श्रेष्ठ पदमा बसिरहन अयोग्य रहेको पनि बताएको छ ।
विज्ञप्तीमार्फत विवेकशील साझाले काठमाण्डौमा घर भाडामा लिने–दिने प्रक्रियामा आफूमाथि जातीय विभेद भएको भनी दिइएको उक्त जाहेरीको गम्भीर र निष्पक्ष छानबिन अघि बढाउन पनि सरकारसँग माग गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE