Date
आइत, मंसिर १, २०८२
Sun, November 16, 2025

२४ घण्टामा थप दुई हजार ९५७ जना संक्रमणमुक्त

४ आश्विन, काठमाडौं – यस्तै २४ घण्टामा थप दुई हजार ९५७ जना संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १३ हजार ८ सय १७ जनाको गरिएको कोरोना परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा सोमबार थप ३९६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा २९८, भक्तपुरमा ६३ र ललितपुरमा ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यो सँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३१२२, ललितपुरमा १४४० र भक्तपुरमा ९७० रहेको मन्त्रालयले जनाएको छ। सोही अवधिमा मृत्यु हुनेको संख्या ८  जना रहेको छ।  हालसम्म नेपालमा कूल संक्रमितको संख्यामध्ये ७ लाख ५२ हजार १ सय ७० जना निको भइसकेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ११ हजार ४८ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ । अझै २२ हजार ३ सय २३ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE