Date
बुध, बैशाख ८, २०७८
Wed, April 21, 2021

नेकपाको खाडाँदेवी काठमाडौँ सम्पर्क कमिटी गठन,श्रेष्ठ अध्यक्षमा चयन

२२ फागुन
काठमाडौँ –
  प्रचण्ड – नेपाल पक्ष  (नेकपा) को खाडादेवी गाउँपालिका काठमाडौ सम्पर्क मन्च गठन भएको छ । मञ्चको अध्यक्षमा ओमराज श्रेष्ठलाई चयन हुनुभएको छ ।  श्रेष्ठको नेतृत्वमा ६१ सदस्यीय सम्पर्क कमिटी  गठन भएको हो । कमिटीमा उपाध्यक्ष रोज बहादुर श्रेष्ठ,सचिवमा लालबहादुर थापा, सहसचिव उद्धव केसी र कोषअध्यक्षमा पासाङ तामाङ चयन हुनुभएको विद्यार्थी नेता प्रज्वल श्रेष्ठले जानकारी दिनु भयो ।


नेकपाको केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज देबशंकर पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  केन्द्रीय सदस्य सह इन्चार्ज श्याम कुमार श्रेष्ठ, केन्द्रीय सदस्य युबराज चौलागाईं, प्रदेश कमिटी सदस्य टंकलाल घिसिङ, जिल्ला अध्यक्ष मैनकुमार मोक्तान, सचिव शान्ति पौडेल ज्ञानकुमार श्रेष्ठ लगायत केन्द्र, प्रदेश, जिल्ला तथा पालिका युवा बिद्यार्थी नेता कार्यकर्ताको उपस्थितिमा भेला सम्पन्न भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE