Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

गत आवमा सुनको आयात दोब्बर

१८ साउन, काठमाडौँ – गत आर्थिक वर्ष मा सुनको आयात १०३ दशमलव १४ प्रतिशतले बढेको छ । भन्सार २०७७/७८ विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार गत आवमा नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ, जुन अघिल्लो आव २०७६/७७ को तुलनामा १३ अर्ब ८८ करोड ३५ लाख रुपैयाँले बढी हो ।

परिमाणको आधारमा गत आवमा ३ हजार ९२४ केजी सुन आयात भएको थियो । परिमाणको आधारमा भने सुन आयात ६४ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आवमा २ हजार ४०० केजी सुन आयात भएको तथ्यांकमा उल्लेख छ ।

कोरोना महामारी तथा मूल्य बढ्दा अघिल्लो आवमा सुनको आयात ह्वात्तै घटेको थियो । यो समाचारआर्थिक अभियान दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE