Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

आठ हजारले लगाए ‘भेरोसिल’

२७ जेठ, काठमाडौँ – कोभिड–१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसिल’ लगाउनेक्रम  यहाँ जारी  छ । जिल्लाका  आठ पालिकाका ६२ देखि ६४ उमेर समूहका करिव सात हजार ९२९ जना मध्ये बुधबारसम्म पाँचहजार ८५९ जनाले खोप सेवा लिइसकेका छन् ।

कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति  तेज ओलीले कोरोना विरुद्धको खोप अभियान जारी रहेको बताउनुभयो । उहाँले आफूलाई पायक पर्ने खोपकेन्द्रमा पुगी खोप लगाउन नागरिकलाई आग्रह  गर्नुभयो ।  पछिल्लो समय निषेधाज्ञा तथा कोरोना परीक्षण तीब्र गरिएकाले सङ्क्रमितको सङ्ख्या जिल्लामा कम हुँदै गएको छ । साथै जिल्लाका अस्पतालमा सङ्क्रमितका लागि छुट््याइका श्यया समेत खाली हुन थालेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा लक्ष्यको ९९ प्रतिशतले नागरिकले खोप लगाएका छन् । सो उपमहानगरपालिकामा दुईहजार ३७ जना लक्षित नागरिक रहेकामा दुईहजार ३५ जनाले खोप लिइसकेको छन् ।

यसैगरी कोहलपुर नगरपालिकामा एक हजार ३२५ जनामध्ये एक हजार ४६, खजुरा गाउँपालिकामा आठ सय ७० जना मध्ये ७०९, राप्तीसोनारी गाउँपालिकामा ९ सय ५० जनामध्ये २४३, डुडुवा गाउँपालिकामा ५ सय ६ जना मध्ये ३२९, नरैनापुर गाउँपालिकामा ५ सय ५८ जनामध्ये ४५, जानकी गाउँपलिकामा ६ सय ५८ जनामध्ये ५ सय ४२ र बैजनाथ गाउँपालिकामा ९ सय ३५ मध्ये ८ सय ५३ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ  । ती पालिकाका ८७ खोपकेन्द्र मार्फत् सेवा प्रदान गरिएको छ । डुडुवा गाउँपालिकाले मंगलबार नै खोप लगाउन सम्पन्न गरेको जनाएको छ

WRITE COMMENTS FOR THIS ARTICLE