Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

संसद विघटनः विपक्षीको बहस सुरु

संसद विघटनः विपक्षीको बहस सुरु

१४ असार, काठमाडौं– संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा रिटका विपक्षीको तर्फबाट बहस सुरु भएको छ ।

संवैधानिक इजलासमा जारी सुनुवाइमा रिटका पक्षकाको तर्फबाट बहस सकिएसँगै आजदेखि विपक्षी तर्फको बहस सुरु भएको हो ।

रिटको विपक्षीतर्फको बहसको सुरु प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले सुरु गरेका छन् । महान्यायाधिवक्ता बडाललाई बहसका लागि ३ घण्टाको समय दिइएको छ ।

यस्तै विपक्षीका तर्फबाट पूर्व महान्यायाधिवक्ताद्वय सुशील पन्त र अग्नि खरेलले पनि आज नै बहस गर्ने जनाइएको छ।

बहसको लागि रिटका पक्ष र विपक्ष दुवैलाई १५÷१५ घण्टा समय दिइएको छ।

रिट निवेदनको पक्षकाले बहुमत सांसद सहित प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश माग गरेका छन् ।

सरकार गठनका लागि बहुमत सांसदको दाबी हुँदाहुँदै पनि संसद विघटन गर्नु गलत रहेको रिटका पक्षकाको तर्क छ ।

रिटको पक्षबाट बहस गर्ने कानुन व्यवसायीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि पनि प्रश्न उठाएका थिए ।

रिटको पक्षमा ३६ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE