Date
बुध, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

सांसद शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न माग

१६ बैशाख, काठमाडौँ – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न माग गरेका छन् ।

शाहीले मंगलबार प्रदेशसभा सचिवालयमा दिएको स्वाबको रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको तर पछि लाइफ केयर डाइग्नोस्टिक ल्याबमा गरेको भनिएको परीक्षणमा पोजेटिभ देखिएको भन्दै उनीहरुले छानबिनको माग गर्नु भएको छ ।

लाइफ केयर ल्याबको रिपोर्टका आधारमा शाही हाल चरक अस्पतालमा उपचाररत छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिचरण आचार्यले विज्ञप्ति जारी गरी पीसीआर रिपोर्टको छानबिन गरी प्रयोगशालाहरुको विश्वसनीयताको जाँच गर्न माग गरेका हुन् ।

उनीहरुले शाहीको उपचार भइरहेको चरक अस्पतालमा सुरक्षाकर्मी परिचालन गर्नु रहस्यपूर्ण भन्दै त्यहाँको सीसीटीभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न माग गरेका गर्नु भएको छ ।

त्यस्तै प्रदेशसभा सदस्यलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानुनको कठघरामा ल्याई सभामुख र अविश्वास प्रस्तावका पक्षधर सांसदको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

WRITE COMMENTS FOR THIS ARTICLE