मेलम्ची खानेपानी: ढल व्यवस्थापनमा समस्या हुन्न
१२ चैत
काठमाडौँ – मेलम्चीको पानी काठमाडौँमा वितरण गरिएपछि ढल व्यवस्थापनमा समस्या नहुने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० ले जनाएको छ ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । घरघरमा पठाएको पानीको करिब ८० प्रतिशत पानी उपभोगपछि ढलमा जानेछ । पानीको मात्रा बढ्ने भएकाले ढल भरिएर सडकमै बग्न सक्ने भएकाले त्यसको व्यवस्थापन गरिएको केयूकेएलले जनाएको छ ।
केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भन्नुभयो, “ढल व्यवस्थापनमा समस्या हुँदैन । वर्षात् जस्तो पनि हुँदैन। परीक्षणमा नियन्त्रित रूपले पानी पठाइन्छ । ढल सफा गरिरहेका छौँ । जहाँ समस्या आउँछ त्यहाँ समाधान गर्दै जाने हो । हामी तयारी अवस्थामा छौँ ।” यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE