Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

काठमाडौंको तापक्रम यो वर्ष अहिलसम्मकै कम

१३ मंसिर
काठमाडौँ –
काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बिहान साढे ६ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्री सेल्सियस देखिएको हो।

यसअघि शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम एकैदिन ३.५ डिग्रीले घटेको हो ।

राति देशभरीकै मौसम सफा भएकाले बिहान देशभर तापक्रम घटेको महाशाखाले जनाएको छ ।

उनका अनुसार राति मौसम सफा भए बिहानको तापक्रम घट्छ । तर राति बादल लागे बिहानको तापक्रम बढ्छ ।

केही दिन यता देशका पहाडी क्षेत्रको मौसम बदली गराएको प्रणाली हटेकाले अबको केही दिन देशभरी कै मौसम सफा रहने उनको भनाइ छ । मौसम सफा भएसँगै देशभरी नै अझै चिसो बढ्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE