Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

कोरोना परिक्षण प्रयोगशालाकै प्राविधिकसहित सातजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

१९ श्रावन काठमाडौँ
प्रदेश २ मा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । सोमबार मात्रै १ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । जसमा सबैभन्दा धेरै पर्सामा ३८ जना नयाँ संक्रमित फेला परेका हुन् । त्यसपछि धनुषा र महोत्तरीमा ३०/३० जना नयाँ संक्रमित भेटिएका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा कोरोना परीक्षण ल्याबकै प्राविधिक पनि संक्रमित भएका छन् । कोरोना परीक्षण गरिने जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाकै प्राविधिकमा पनि कोरोना संक्रमण भेटिएको हो । प्रयोगशालाका प्राविधिकसहित ७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रादेशिक अस्पताल जनकपुरका सातजना नर्स र २ डाक्टरसहित १८ जनामा कोरोना पुष्टि भएको छ ।

ग्लोबल आइएमई बैंक जनकपुरका तीनजना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । आइतवार राति आएको पिसिआर परीक्षणको रिपोर्ट अनुसार प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का एक अधिकृत, एक सवारी चालक र दुई कार्यालय सहयोगीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE