Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

विपक्षी गठबन्धनले भोली बिहान १० बजे संसद विघटनविरुद्ध रिट दायर गर्ने

विपक्षी गठबन्धनले भोली बिहान १० बजे संसद विघटनविरुद्ध रिट दायर गर्ने

९ जेठ, काठमाडौं– राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध विपक्षी दलहरु भोली(सोमबार) सर्वोच्चमा रिट हाल्ने भएका छन् । अदालतमा भोलि १० देखि ११ बजेसम्ममा रिट दायर गर्नेृ विपक्षी गठबन्धनका एक नेताले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शुक्रबार मध्यरातमा संसद विघटन भएपछि राजनीति पुनः तातिएको छ । मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेका हुन् । रिटमा धारा ७६(५) अनुसार १४९ जनाको हस्ताक्षरसहित बहुमतको प्रधानमन्त्री बन्न कांग्रेस सभापति देउवाले गरेको दाबी वैधानिक रहेको बताइएको छ।

यसअघि २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गरिएको थियो । उक्त विघटन असंवैधानिक रहेको अदालतले संसदको पुनस्थापना गरेको थियो । सो कदम पश्चात प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन चाहे पनि विश्वासको मत लिन सक्नुभएको थिएन । अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि बहुमत सहित दाबी गर्न आह्वान गर्नुभएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै जनाले बहुमतको दाबी गरेपछि सोही मध्यराति प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको थियो ।

रिटको मस्यौदा आजै तयार गरी संघीय संसद भवन नयाँ वानेश्वरमा आई रिटमा सांसदहरुले हस्ताक्षर गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE