Date
आइत, माघ ६, २०८१
Sun, January 19, 2025

सूर्य चिन्ह हाम्रो हो, त्यसमा कोही पनि भ्रममा नपर्नु होला : उपप्रधानमन्त्री पोखरेल

२३ माघ
काठमाडौं –
उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । शुक्रबार संघीय राजधानी काठमाडौंमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सूर्य चिह्‍न पनि आफ्नो हुने दाबी गरेका छन् ।

उनले भने, “नेपाल कम्युनिस्ट पार्टी कुन आधिरकारिक हो भन्‍ने प्रश्‍न उठाइएका छन् । म भन्‍न चाहन्छु, ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक पार्टी हो । त्यो आधिकारिकतालाई कसैले पनि तोड्न सक्दैन । सूर्य चिन्ह पनि हाम्रो हुनेछ । त्यसमा कोही पनि भ्रममा नपर्नु होला ।”

मुलुकमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिइरहनका लागि आफ्नो लडाइँ जारी रहनेसमेत उनले बताएका छन् । उनले भने, “प्रधानमन्त्री ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन्छौं । संविधान, राष्ट्रिय स्वभामिनका लागि हामी लागि रहने छौं । यो लडाइँको झण्डालाई कहिल्यै पनि झुक्न दिने छैनौं । लडाइँ जारी रहनेछ ।”

आमहड्ताल भनेर नेपाल बन्द गराउने कुरा जनविरोधी भएको उल्लेख गर्दै जनतालाई दुस्ख दिने गलत कदमको भर्त्सना र निन्दा गर्न चाहेको बताएका छन् । उनले भने, “हिजो ट्याक्सी चालकमाथि सांघातिक हमला भयो, ट्याक्सीमा तोडफोड भएको छ । ती ट्याक्सी चालकलाई क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नेछ । हाम्रो लडाइँ अराजकताविरुद्ध हो । मुलुकलाई अस्थिरतातर्फ लैजान चाहने दुष्प्रयासविरुद्धमा हो ।”

WRITE COMMENTS FOR THIS ARTICLE