खोप लिन निगमको जहाज आज चीन जाँदै
खोप लिन निगमको जहाज आज चीन जाँदै
६ साउन, काठमाडौं– कोभिड–१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लिन आज राती नेपाल वायुसेवा निगमको जहाज चीन जाने भएको छ ।
नेवानिको जहाज न्यूनतम १० लाख डोज साइनोफार्म कम्पनीको खोप लिन चिन प्रस्थान गर्ने भएको हो ।
निगमका अनुसार उक्त जहाज भोलि बिहान ६ बजे खोप लिएर काठमाडौं आइपुग्ने तालिका छ ।
यस्तै पुनः भोलि राती नै फेरि न्यूनतम १० लाख डोज खोप ल्याउन बेइजिङ जाने कार्यक्रम छ । उक्त जहाज पर्सी बिहान खोप ल्याएर काठमाडौं आइपुग्ने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताउनुभयो ।
निगमको जहाज थप खोप ल्याउन आगामी शनिबार राती पुनः बेइजिङ जाने तयारीमा रहेको छ । तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याइने भएको छ ।
नेपालले चीनसँग नन–डिस्क्लोजर सहमतिअनुसार ४० लाख डोज खोप खरिदको सम्झौता गरेको छ ।
खरिद खोपमध्ये अहिलेसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालले अनुदान, खरिद र कोभ्याक्स संयन्त्रमार्फत सो संख्यामा खोप प्राप्त गरेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE